logo
२०८१ जेष्ठ १ मंगलवार



ऋषभ पन्त देल्ही क्यापिटल्सको कप्तान नियुक्त

क्रिकेट |
खेलकुद |


ऋषभ पन्त देल्ही क्यापिटल्सको कप्तान नियुक्त
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १८ गते । ऋषभ पन्त इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट प्रतियोगितामा देल्ही क्यापिटल्सको नेतृत्व गर्नुहुने भएको छ । उहाँले पहिलो पटक कुनै टोलीको नेतृत्व गर्न लाग्नुभएको हो ।
नियमित कप्तान श्रेयास ऐयर घाइते भएर टोलीबाट बाहिरिएपछि उहाँको स्थानमा ऋषभले नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको हो । इंग्ल्याण्ड बिरुद्धको एकदिबसीय खेलको क्रममा काँधमा आएको चोटको कारण श्रेयास आईपीएलको आगामी संस्करणबाट बाहिरिनुभएको हो ।
ऋषभ सन् २०१६ को संस्करणमा देल्ही क्यापिटल्समा आबद्ध हुनुभएको थियो । २३ वर्षीय पन्त विराट कोहली, स्टिभ स्मिथ, सुरेश रैना र श्रेयास ऐयरपछि पाँचौं सबैभन्दा कान्छो कप्तान नियुक्त हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?