logo
२०८१ जेष्ठ १ मंगलवार



जोश हयाज्लउड आईपीएल नखेल्ने

क्रिकेट |
खेलकुद |


जोश हयाज्लउड आईपीएल नखेल्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १९ गते । अष्ट्रेलियाका तीब्र गतिका बलर जोश हयाज्लउडले इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करण नखेल्ने हुनुभएको छ । यसअघि जोश फिलिप र मिसेल मार्शले समेत आईपीएलबाट नाम फिर्ता लिनुभएको थियो ।
३० वर्षीय हयाज्लउडले आगामी दश महिना घर परिवारसँगै क्रिकेट अष्ट्रेलियका लागि दिने भन्दै आईपीएलबाट बाहिरिनुभएको हो । आईसीसीले तय गरेको स्वास्थ्य निर्देशिकालाई पछ्याउँदै हयाजलउड गत् वर्षको जुलाइदेखि नै विभिन्न फ्रेञ्चाइज लिग र राष्ट्रिय टोलीका लागि खेल्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “लामो दौडधूपपछि अबको केही महिना शारीरिक र मानसिक रुपमा अष्ट्रेलियाका लागि तयार हुन आईपीएलबाट नाम फिर्ता लिने निर्णयमा पुगेको छु ।”
आईपीएलमा चेन्नइ सुपर किंग्सको प्रतिनिधित्व गर्नुहुने हयाज्लउड चेन्नईको प्राथमिक एघारमा नियमित पर्न सक्नुभएको छैन् । गत् संस्करणमा उहाँ मात्र तीन खेलमा अबसर पाउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?