logo
२०८१ जेष्ठ १ मंगलवार



बङ्गलादेश ७६ रनमा समेटियो, तेस्रो टी ट्वान्टीमा न्युजिल्याण्डको जित

क्रिकेट |
खेलकुद |


बङ्गलादेश ७६ रनमा समेटियो, तेस्रो टी ट्वान्टीमा न्युजिल्याण्डको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १९ गते । न्युजिल्याण्ड बिरुद्धको तेस्रो टी ट्वान्टी अन्तर्राष्ट्रियमा बङ्गलादेश ७६ रनमा समेटिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको १४१ रनको जवाबमा बङ्गलादेश नौ ओभर तीन बलमा मात्र ७६ रनमा समेटिन पुगेको हो । तेस्रो टी ट्वान्टी न्युजिल्याण्डले ६५ रनले जितेसँगै तीन खेलको टी ट्वान्टी श्रृखंला घरेलु टोलीले ३–० ले उचालेको छ ।
वर्षाले प्रभाबित खेल दश ओभरमा सीमित भएपछि बङ्गलादेशले दश ओभरमा १४२ रनको लक्ष्य पाएको थियो । जवाबमा पाहुना टोली मात्र ७६ रनमा समेटिन पुग्यो । उसको पारीमा मोसाद्देक होस्सैनले १३ तथा मोहम्मद नईमले १९ र सौम्य सरकारले दश रनको योगदान दिनु अतिरिक्त अन्य सात जना ब्याट्सम्यानले दोहोरा स्कोर समेत छुन सकेनन ।
बङ्गलादेशलाई सस्तोमै समेटन न्युजिल्याण्डका टड आस्लेले सर्बाधिक चार विकेट लिनुभयो । उहाँले मात्र दुई ओभरमा सीमित गरिएको ब्यक्तिगत् बलिङ स्पेलमा चार विकेट लिँदा टिम साउदीले तीन तथा एडम मिल्ने, लुसी फरगुसन र ग्लैन फिलिप्सले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, अकल्याण्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोलीले न्युजिल्याण्डले निर्धारित दश ओभरमा चार विकेटको क्षतिमा १४१ रनको योगफल तयार गर्यो । उसको पारीमा मार्टिन गुप्टिल र फिन्न एलनले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो । एलनले सर्बाधिक ७१ रनको योगदान दिनुभयो । गुप्टिलले ४४ रन बनाउनुभयो । ग्लैन फिलिप्सले १४ तथा डारेल मिसेलले ११ रुनको योगदान दिनुभयो ।
बङ्गलादेशका लागि तस्किन अहमद, शोरिफुल इस्लाम र महेदी हसनले सामान एक एक विकेट लिनुभयो । फिन्न एलन प्लेयर अफ द् म्याच तथा ग्लैन फिलिप्स प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?