logo
२०८१ जेष्ठ २ बुधवार



कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

क्रिकेट |
खेलकुद |


कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैटाैं दिनमा मात्रै अस्पताल भर्ना हुनुभएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४७ वर्षीय तेन्दुलकरले कोभिड लागेपछि साबधानी अपनाउने क्रममा चिकित्सकको सुझाबमा अस्पताल भर्ना हुनुभएको हो । गत् मार्च २७ मा उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो । भारतले विश्वकप क्रिकेट २०११ को जितेको एक दशक पूरा भएको अवसरमा उहाँले अस्पतालबाटै सह खेलाडीलाई बधाई दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?