logo
२०८१ जेष्ठ ३ बिहीवार



विदेश भ्रमणमा ३० जना खोलडी लग्न पाउने आईसीसीको निर्णय

क्रिकेट |
खेलकुद |


विदेश भ्रमणमा ३० जना खोलडी लग्न पाउने आईसीसीको निर्णय
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै टोलीले ३० जना खेलाडीसम्म लग्न पाउने ब्यवस्था गरेको छ । कोभिड १९ को महामारीले खेलाडी र कर्मचारी सङ्क्रमित भएपछि टोली ब्यवस्थापनलाई प्रतियोगितामा खेलाडीको ब्यवस्थापनलाई लिएर चुनौती थपिएको थियो । खेलाडी घाइते हुन पुग्दा वा सङ्क्रमित हुँदा कोभिड १९ को मापदण्डले अतिरिक्त खेलाडीको यात्रामा समस्या हुँदै आएको थियो ।
आईसीसीको सञ्चालक समितिले सन् २०२१ को टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितादेखि उक्त निर्णय लागू हुने जनाएको छ । गत् वर्ष आईसीसीले १५ जना खेलाडी र आठ जना कर्मचारी गरी एक टोलीले २३ जना खेलाडी लग्न पाउने ब्यवस्था परिमार्जन गरेको थियो । टोलीले विदेश भ्रमण गर्दा अन्तिम एघारमा २२ जना खेलाडी र आठ जना कर्मचारी तथा अधिकारी राख्न पाउनेछन् ।
टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्वकप क्रिकेट २०२१ मा भारतले आयोजना गर्दैछ । आईसीसीले ल्याएको उक्त प्राबधानबारे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआइ) सकारात्मक रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?