logo
२०८१ जेष्ठ ३ बिहीवार



उद्घाटन खेलमा मुम्बईलाई बैंगलोरले हरायो

क्रिकेट |
खेलकुद |


उद्घाटन खेलमा मुम्बईलाई बैंगलोरले हरायो
तस्व्रि–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २८ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को १४ औं संस्करणको उद्घाटन खेलमा रोयल च्यालैन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । मुम्बईले प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंगलोरले आठ विकेटको क्षतिमा १६० रन बनाएर पुरा गर्यो ।
औसत लक्ष्य पछ्याउने क्रममा बैंगलोरले अन्तिम बलमा जित हात पारेको हो । उसको पारीमा ओपनर वाशिंगटन सुन्दरले १० तथा कप्तान विराट कोहलीले ३३ रनको पारी खेल्नुभयो । १२२ रनमा छ विकेट गुमाउन पुग्दा दबाबमा आएको बैंगलोरलाई ग्लैन म्याक्सवेल र अब्राहम डिभिलियर्सले सम्हाल्नुभयो । म्याक्सवैलले २८ बलमा ३९ रन तथा डिभिलियर्सले २७ बलमा ४८ रनको पारी खेलेर बैंगलोरलाई आठ विकेटको क्षतिमा १५८ रनसम्म पुर्याउनुभयो । हर्षल पटेलले चार रन बनाएर अविजित रहनुभयो ।
मुम्बईका लागि ट्रेन्ट बौल्ट र क्रूनाल पाण्ड्याले सामान एक एक तथा जसप्रित बुमराह र मार्को जान्सेनले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको मुम्बईले उत्कृष्ट सुरुवात गर्यो । २४ रनमा रोहित शर्माको १९ रनको ब्यक्तिगत् योगफलमा पहिलो विकेट गुमाएको मुम्बईको पारीलाई क्रिस लिन र सूर्यकुमार यादबले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेर उत्कृष्ट अवस्थासम्म डोरयाउनुभयो । लिनले सर्बाधिक ४९ तथा यादबले ३१ रनको पारी खेल्नुभयो । इशान किशनले २८ तथा हार्दिक पाण्ड्याले १३ रन बनाउँदा मुम्बईले नौ विकेटको क्षतिमा १५९ रनको योगफल तयार गर्यो ।
बैंगलोरका लागि हर्षल पटेलले सर्बाधिक पाँच तथा वाशिंगटन सुन्दर र कायल जमीन्सनले सामान एक एक विकेट लिनुभयो ।
प्रतियोगिता अन्तगर्त आज हुने खेलमा चेन्नईले देल्ही क्यापिटल्सको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?