logo
२०८१ जेष्ठ २ बुधवार



ललितपुर मेयर कपको उपाधि एपीएफले जित्यो

क्रिकेट |
खेलकुद |


ललितपुर मेयर कपको उपाधि एपीएफले जित्यो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २८ गते । सशस्त्र प्रहरी बल(एपीएफ)ले काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधिको लागि भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०७ रनको लक्ष्य एपीएफले आठ विकेटको विशाल अन्तरले जितेको छ ।
खेल सकिन २२ बल बाँकी छँदै एपीएफले मात्र दुई विकेटको क्षतिमा १०९ रन बनाएर जित हात पार्यो । एपीएफको जितमा ओपनर ब्याट्सविमन ज्योतीले सर्बाधिक ३६ तथा सीताले २७ रनको योगदान दिनुभयो । दुबैजना रन आउट हुनुभयो । ओपनरद्वयले उत्कृष्ट पारी खेलेपछि एपीएफले सुदूरपश्चिममाथि सहज जित हात पार्यो । इन्दुले १९ तथा ममताले १५ रन बनाएर अविजित रहनुभयो ।
त्यसअघि, त्रिवि क्रिकेट ग्राउन्ड कीर्तिपुरमा पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले बिन्दुको ४४ तथा डोलीको १४ र कविता कुँवरको १३ रनको सहयोगमा २० ओभर खेलेर सात विकेटको क्षतिटमा १०६ रनको योगफल तयार गर्यो ।
एपीएफका लागि सीता, बिनु, करुणा र रेखाले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?