logo
२०८१ जेष्ठ २ बुधवार



बभुमा, हेन्ड्रिक्स र प्रिटोरियस टी ट्वान्टी टोलिबाट बाहिरिए

क्रिकेट |
खेलकुद |


बभुमा, हेन्ड्रिक्स र प्रिटोरियस टी ट्वान्टी टोलिबाट बाहिरिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २८ गते । पाकिस्तान बिरुद्धको टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलिबाट टेम्बा बभुमा, रिजा हेन्ड्रिक्स र डेनियल प्रिटोरियस बाहिरिनुभएको छ । दक्षिण अफ्रिकाले पाकिस्तान बिरुद्ध चार खेलको टी ट्वान्टी श्रृखंला खेल्नेछ ।
अन्तर्राष्ट्रिय एकदिबसीयका कप्तान समेत रहनुभएका टेम्बा बभुमा घाइते भएकोले पाकिस्तान बिरुद्धको श्रृखंलामा छनोट हुन सक्नुभएन । यसअघि क्रिकेट साउथ अफ्रिकाले उहाँलाई सीमित ओभरको खेलको कप्तान नियुक्त गरेको थियो ।
टेम्बा बभुमाको स्थानमा हेनरिक क्लासेनले अफ्रिकी टी ट्वान्टी टोलिको नेतृत्व गर्नुहुनेछ । पाकिस्तान बिरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय एकदिबसीयको तेस्रो खेलमा गत् बुधबार टेम्बा चोटग्रस्त हुनुभयो ।
टोलिमा जोर्न फोरटन, एैडन मरकरर्न, एन्डाइल फहलुक्वायो, बिरन हेन्ड्रिक्स, जर्ज लिण्डे, रस्सी भान डर दुस्सैन, जान्नेमन मलान, सिसान्डा मगाला, वियान मल्डर, तबरेज सम्सी रहनुभएको छ । त्यसैगरी, लुथो सिपाम्ला, कायल भेरेन, पिट भान बिलिजोन, डेरिन डुपाभिलोन, मिजल प्रिटोरियस, लिजाद विलियम्स र विहान लब रहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?