logo
२०८१ जेष्ठ ३ बिहीवार



देल्हीले चेन्नईलाई हरायो

क्रिकेट |
खेलकुद |


देल्हीले चेन्नईलाई हरायो
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई देल्ही क्यापिटल्सले हराएको छ । चेन्नईले प्रस्तुत गरेको १८९ रनको लक्ष्य देल्हीले खेल सकिन ८ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पूरा गर्यो ।
देल्हीको जितमा ओपनर ब्याट्सम्यानद्वय पृथ्वी शा र शिखर धवनले मात्र १३ ओभर तीन बलमा १३८ रनको साझेदारी गरेर उत्कृष्ट पारी खेल्नुभयो । शाले ३८ बलमा नौ चौका र तीन छक्काको सहयोगमा ७२ रन तथा शिखर धवनले ५४ बलमा दश चौका र दुई छक्काको सहयोगमा ८५ रनको पारी खेल्नुभयो । कप्तान ऋषभ पन्त १५ रन बनाएर अविजित रहनुभयो । मार्कस स्टोइनिसले १४ रनको योगदान दिनुभयो ।
चेन्नईका लागि श्रद्धुल ठाकुरले दुई तथा ड्वायन ब्राभोले एक विकेट लिनुभयो ।
त्यसअघि, मुम्बईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको चेन्नईले सात रनमै ऋतुराज गायकवड र फाफ डु प्लेसिसको रुपमा दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । मोइन अलिले सुरेश रैनासँग तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेर पारी उकास्नुभयो । अलिले ३६ रन बनाएर पेभेलियन फर्किदा रैनाले ३६ बलमा तीन चौका र चार छक्कासहित ५४ रनको योगदान दिनुभयो । अम्बाटी रायडूले २३, रबिन्दर जडेजाले अविजित २६ र साम कर्रनले ३४ रनको पारी खेल्दा चेन्नईले सात विकेटको क्षतिमा १८८ रनको उच्च योगफल तयार गर्न सफल भयो ।
देल्हीका लागि क्रिस वक्स, अभेष खानले सामान दुई दुई तथा रबिचन्द्रन आश्विन र टम कर्रनले एक एक विकेट लिनुभयो । शिखधर धवन प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?