logo
२०८१ जेष्ठ २ बुधवार



पहिलो टी ट्वान्टीमा पाकिस्तानको चार विकेटको जित

क्रिकेट |
खेलकुद |


पहिलो टी ट्वान्टीमा पाकिस्तानको चार विकेटको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । पाकिस्तानले दक्षिण अफ्रिका बिरुद्धको पहिलो टी ट्वान्टी खेलमा चार विकेटले जित हात पारेको छ । जितसँगै चार खेलको टी ट्वान्टीमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पाकिस्तानले खेल सकिन एक बल बाँकी छँदा छ विकेटको क्षतिमा पुरा गरेको हो । ४१ रनमा बाबर आजमको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेपनि अर्का ओपनर मोहम्मद रिजवानले अविजित रहँदै ७४ रनको पारी खेल्दा पाकिस्तानको जित सहज भयो । उहाँले मात्र ५० बलमा ९ चौका र दुई छक्का लगाउनुभयो । फहिम अशरफले दोस्रो सर्बाधिक ३० रन तथा हसन अलिले नौ रनको योगदान दिनुभयो ।
दक्षिण अफ्रिकाका लागि बिरन हेन्ड्रिक्सले सर्बाधिक तीन तथा तबरैज सम्सीले दुई एवम् लिजाद विलियम्सले एक विकेट लिनुभयो ।
त्यसअघि, जोहानसवर्गमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १८८ रनको सम्मानजनक योगफल तयार गरेको थियो । दक्षिण अफ्रिकाका लागि ओपनर ऐडन मरक्रामले ५१ तथा कप्तान हेनरिक क्लास्सेनले ५० रनको योगदान दिनुभयो । पिट भान बिजोनले ३४ रनको पारी खेल्नुभयो ।
पाकिस्तानका लागि मोहम्मद नवाज र हसन अलिले सामान दुई दुई तथा हरिश रौफ र शाहीन शाह अफ्रिदीले सामान एक एक विकेट लिनुभयो । मोहम्मद रिजवान प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?