logo
२०८१ जेष्ठ ३ बिहीवार



पहिलो खेलमै धोनीलाई जरिवाना

क्रिकेट |
खेलकुद |


पहिलो खेलमै धोनीलाई जरिवाना
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । चेन्नई सुपर किंग्सका कप्तान महिन्दर सिंह धोनीले जरिवाना तिर्नुपर्ने भएको छ । इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो तथा चेन्नईको पहिलो खेलमा ‘स्लो ओभर रेट’ को कारण चेन्नईका कप्तान धोनीमाथि जरिवाना तोकिएको हो ।
लिग अन्तगर्तको दोस्रो खेलमा चेन्नईले शनिबार देल्ही क्यापिटल्सको सामना गरेको थियो । प्रिमियर लिगको जारी संस्करणका लागि तोकिएको निर्देशिका बमोजिम बलिङग टोलिले एक घण्टा ३० मिनेटभित्र २० ओभर सिध्याउनुपर्नेछ । तर देल्ही बिरुद्धको खेलमा निर्धारित समयभन्दा ढिलोसम्म बलिङ गरेकोले चेन्नईका कप्तान धोनीमाथि १६ हजार अमेरिकी डलर(करिब १२ लाख भारतीय रुपियाँ)को जरिवाना तोकिएको छ ।
प्रिमियर लिग सुरु हुनु अघि गत् मार्च ३० मा आईपीएलको उक्त निर्देशिका जारी गरेको थियो । निर्देशिका बमोजिम एक घण्टामा १४ ओभर एक बल बलिङ गर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?