logo
२०८१ जेष्ठ २ बुधवार



नेदरल्याण्ड्स क्रिकेट टोली काठमाडौं आइपुग्यो

क्रिकेट |
खेलकुद |


नेदरल्याण्ड्स क्रिकेट टोली काठमाडौं आइपुग्यो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ३१ गते । त्रिदेशीय कप क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्स क्रिकेट टोली काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डच’ टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का अधिकारीहरुले स्वागत गरेका थिए ।
नेदरल्याण्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय कप क्रिकेट आगामी शनिबारबाट सुरु हुँदैछ । उक्त प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । पहिलो खेल शनिबार अपरान्ह एक बजेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ ।
प्रतियोगितामा छ वटा लिग चरणका खेल तथा एउटा फाइनल गरी सात खेल खेलाइनेछ । लिग चरणमा उत्कृष्ट हुने दुई टोलीले फाइनलमा स्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?