logo
२०८१ मंसिर ८ शनिवार



देल्ही र बैंगलोरको जित, चेन्नईले राजस्थानको सामना गर्दै

क्रिकेट |
खेलकुद |


देल्ही र बैंगलोरको जित, चेन्नईले राजस्थानको सामना गर्दै
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ६ गते । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तगर्तको दुई अलग अलग खेलमा आइतबार देल्ही र बैंगलोरले जित हात पारेको छ । देल्हीले पञ्जाबमाथि छ विकेटको जित हात पार्दा आइतबार नै सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कलकत्ता नाइट राइडर्समाथि ३८ रनको जित हात पारेको हो ।
मुम्बईमा सम्पन्न आईपीएल अन्तगर्तको ११ औं खेलमा पञ्जाबले प्रस्तुत गरेको १९६ रनको लक्ष्य देल्हीले खेल सकिन १० बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पुरा गर्यो । देल्हीको जितमा शिखर धवनले मात्र ४९ बलमा १३ चौका र दुई छक्का लगाएर सर्बाधिक ९२ रनको योगदान दिनुभयो । मार्कस स्टोइनिसले १३ बलमा २७ तथा ललित यादबले छ बलमा १२ रन बनाएर अविजित रहनुभयो ।
पञ्जाबका लागि झ्ये रिचर्डसनले दुई तथा अरशदीप सिंह र रिली मेरिथले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, पञ्जाबले टस हारेर पहिला ब्याटिं गर्ने निम्ता पाउँदा २० ओभरमा मात्र चार विकेटको क्षतिमा १९५ रनको सम्मानजनक योगफल तयार गरेको थियो । ओपनर करण लोकेश राहुलले ६१ तथा मयन्क अग्रवालले ६९ रनको पारी खेल्दा पञ्जाब विशाल योगफल तयार गर्न सफल भयो ।
१० औं खेलमा बैंग्लोरले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउँदै कलकत्ताले आठ विकेटको क्षतिमा १६६ रनमा समेटिन पुग्यो । कलकत्ताका लागि आन्द्रे रस्सैलले बनाउनुभएको ३१ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो ।
चेन्नईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको बैंगलोरले पुरा २० ओभर खेलेर चार विकेटको क्षतिमा २०४ रनको उच्च योगफल तयार गर्यो । बैंगलोरलाई ठूलो योगफल तर्फ डोर्याउन ग्लैन म्याक्सवैलले सर्बाधिक ७८ रनको पारी खेल्नुभयो । अब्राहम डिभिलियर्सले मात्र ३४ बलमा नौ चौका र तीन छक्का लगाएर ७६ रनको पारी खेल्नुभयो ।
प्रतियोगिता अन्तगर्त आज हुने खेलमा चेन्नईले राजस्थानको सामना गर्नेछ । उक्त खेल मुम्बईमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?