logo
२०८१ मंसिर ८ शनिवार



चेन्नईले राजस्थानलाई हरायो, देल्हीले मुम्बईको सामना गर्दै

क्रिकेट |
खेलकुद |


चेन्नईले राजस्थानलाई हरायो, देल्हीले मुम्बईको सामना गर्दै
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ७ गते । चेन्नई सुपर किंग्सले राजस्थान रोयललाई हराएको छ । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तगर्तको १२ औं खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित हात पारेको छ ।
चेन्नईले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याउँदै राजस्थानले पुरै २० ओभर खेले पनि नौ विकेटको क्षतिमा मात्र १४३ रनमा समेटिन पुग्यो । राजस्थानका लागि ओपनर जोस बटलरले बनाउनुभएको ४९ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । आठौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका जयदेव उनाकतले २४ रनको योगदान दिनुभयो ।
चेन्नईका लागि मोइन अलिले सर्वाधिक तीन तथा साम कर्रन र रबिन्दर जडेजाले सामान दुई दुई ड्वायन ब्राभो र श्रद्धुल ठाकुरले सामान एक एक विकेट लिए ।
त्यसअघि, मुम्बईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको चेन्नईले पुरै २० ओभर खेलेर नौ बिकेटको क्षतिमा १८८ रनको सम्मानजनक योगफल तयार गरेको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले सर्बाधिक ३३ रनको योगदान दिनुभयो । मोइन अलिले २६, अम्बाटी रायडूले २७ तथा कप्तान महिन्दर सिंह धोनीले १८ रनको योगदान दिए ।
राजस्थानको बलिङमा चेतन शाकरियाले सर्वाधिक तीन तथा क्रिस मौरिसले दुई एवम् मुस्तफिजुर रहमान र राहुल तेवटियाले सामान एक एक विकेट लिए । मोइन अलि प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?