logo
२०८१ मंसिर ८ शनिवार



मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’, नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुग्यो

क्रिकेट |
खेलकुद |


मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’, नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुग्यो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ८ गते । नेदरल्याण्ड्स र नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’ भएर दुबैले अङ्क बाँडेपछि नेदरल्याण्ड्ससँगै नेपाल पनि फाइनलमा पुगेको छ । नेपालले प्रतियोगितामा लिगको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको हो । अङ्कतालिकामा नेदरल्याण्ड्सले चार खेलबाट पाँच अङ्क बटुलेको छ । तीन खेलबाट नेपालले चार अङ्क बटुल्दै दोस्रो स्थानमा छ । मलेसिया भने तीन खेलमध्ये दुईमा हार र एक ‘टाइ’ खेलेर एक अङ्क जोडेको छ ।
वर्षाले अबरुद्ध भएको खेलमा छोटिन जाँदा मलेसियाले दश ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर सले दश ओभरमा चार विकेटको क्षतिमा मात्र ९१ रन जोड्दा खेल ‘टाइ’ हुन पुग्यो । मलेसियाले अन्तिम ओभरमा जितका लागि सात रन आवश्यक छँदा ल्याउन सकेन । शर्भिन मुनिएन्डी र शफिक शरिफ अविजित रहनुभयो । नेदरल्याण्ड्सका भिभियन किंग्माले भने अन्तिम ओभरमा छ रन खर्चेर एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?