गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १० गते । सनराइजर्स हैदराबादका तीब्र गतिका बलर टी नटराजन इन्डियन प्रिमियर लिग(आईपीएल)को जारी संस्करणबाट बाहिरिनुभएको छ । हैदराबादले उहाँको स्थानमा आउने खेलाडीलाई टोलिमा अझै बोलाइसकेको छैन् ।
घुँडामा आएको चोटको कारण उहाँ आईपीएलको बाँकी खेलमा सहभागी नहुने परिस्थिति बनेको बताइएको छ । टी नटराइजनले प्रिमियर लिगको जारी संस्करणमा दुई खेल मात्रै खेल्नुभएको छ । कलकत्ता र बैंगलोर बिरुद्धको खेलमा सहभागी भइसकेपछि हैदराबादले बाँकीको दुई खेलमा खलिल अहमदलाई स्थान दिएको थियो ।
सन् २०२० को आईपीएलमा भुवनेश्वर कुमार घाइते हुन पुग्दा टी नटराजनलाई टोलि ब्यवस्थापनले प्रमुख बलरको रुपमा उतारेपछि उहाँ चर्चामा आउनुभएको हो । २९ वर्षीय देब्रे हाते बलर नटराजनले अष्ट्रेलिया बिरुद्धको श्रृखंलामा समेत औसत प्रदर्शन गर्नुभएको थियो ।