logo
२०८१ मंसिर ८ शनिवार



मुम्बईको तेस्रो हार, पञ्जाबले नौ विकेटले हरायो

क्रिकेट |
खेलकुद |


मुम्बईको तेस्रो हार, पञ्जाबले नौ विकेटले हरायो
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ११ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को साबिक विजेता मुम्बई इन्डियन्सले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । पञ्जाबले उसलाई नौ विकेटले हराएको छ ।
मुम्बईले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पञ्जाबले खेल सकिन १४ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पुरा गर्यो । पञ्जाबको जितमा कप्तान करण लोकेश राहुलले अविजित रहँदै सर्बाधिक ६० रनको योगदान दिनुभयो । अर्का ओपनर मयन्क अग्रावलले २५ रन बनाएर पेभेलियन फर्किदा क्रिस गेलले मात्र ३५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाएर अविजित रहनुभयो ।
मुम्बईका लागि राहुल चाहरले एक विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मुम्बईले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १३१ रनको योगफल तयार गर्यो । मुम्बईको पारीमा ओपनर रोहित शर्माको ६३ रन तथा सूर्यकुमार यादबको ३३ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यान उल्लेख्य प्रदर्शन गरेनन । क्यारन पोलार्ड १२ बलमा १६ रन बनाएर अविजित रहनुभयो ।
पञ्जाबका लागि रबि विष्णोइ, मोहम्मद सामीले सामान दुई दुई तथा दीपक हुडा र अरशदीप सिंह एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?