logo
२०८१ मंसिर ८ शनिवार



नेपाल १४ औं स्थानमा उक्लियो, नेदरल्याण्ड्स यथावत्, मलेसिया चिप्लियो

क्रिकेट |
खेलकुद |


नेपाल १४ औं स्थानमा उक्लियो, नेदरल्याण्ड्स यथावत्, मलेसिया चिप्लियो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १२ गते । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १४ औं स्थानमा उक्लेको छ । आईसीसीले आइतबार नयाँ वरीयता जारी गरेको हो ।
मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी शृङ्खला जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको हो । नेपालले स्कटल्याण्डलाई उछिनेको हो । स्कटल्याण्ड १५ औं स्थानमा चिप्लिएको हो । नेदरल्याण्ड्स भने १७ औं स्थानमा यथावत् छ ।
नयाँ वरीयता बमोजिम नेपालले २८ खेलबाट पाँच हजार ११३ प्वाइन्ट्स र १८३ रेटिंग्स पाएको छ । स्कटल्याण्डको भने १७ खेलबाट तीन हजार ९६ प्वाइन्ट्स र १७९ रेटिंग्स छ । मलेसिया भने एक स्थान तल झरेको छ । यसअघि ३१ औं स्थानमा रहेको मलेसिया नयाँ वरीयतामा ३२ औं स्थानमा झरेको हो । मलेसियालाई यूगान्डाले उछिनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?