logo
२०८१ मंसिर ८ शनिवार



एकै ओभरमा ३७ रन !

क्रिकेट |
खेलकुद |


एकै ओभरमा ३७ रन !
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १३ गते । प्रत्येक बलमा छक्का लगाएपछि मात्रै एक ओभरमा ३६ रन हुन्छ । तर इन्डियन प्रिमियर लिगमा ब्याट्सम्यानले ओभरको प्रत्येक बलमा छक्का नलगाइकन ३७ रन बटुलेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न दिनको पहिलो खेलमा चेन्नई सुपर किंग्सका अलराउन्डर रबिन्दर जडेजाले एकै ओभरमा ३७ रन लिनुभएको छ । उहाँले उक्त कीर्तिमान बनाउने क्रममा मात्र २८ बलमा अविजित रहँदै ६२ रन बनाउनुभयो । पहिलो तीन ओभरमा मात्र १४ रन खर्चेर तीन विकेट लिनुभएका बलर हर्षल पटेलको एकै ओभरमा जडेजाले ३७ रन लिनुभयो ।
पहिलो दुई बलमा लगातार दुई छक्का लगाएका रबिन्दर जडेजाले तेस्रो बलमा समेत छक्का लगाएपछि उक्त बल नो बल दिइयो । तेस्रो बलमा पुनः छक्का लगाएका जडेजाले तीन बलमा मात्रै २४ रन जोड्दा नो बलले गर्दा चेन्नईको खातामा पहिलो तीन बलमा २५ रन जोडियो । चौथो बलमा दुई रन लिएका जडेजाले पाँचौं बलमा छक्का लगाएर ३३ रन लिनुभयो । अन्तिम बलमा पुनः चौका लगाउँदा उहाँले हर्षल पटेलको एकै ओभरमा ३७ रन लिनुभयो । उक्त ओभरको प्रत्येक बलमा बनेको रन यसप्रकारको थियो - ६६६(नो बल)६२६४ ।
यसअघि रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रिस गेलले उक्त कीर्तिमान बनाउनुभएको थियो । उहाँले कोच्ची बिरुद्ध परमेश्वरनको एकै ओभरमा ३७ रन लिनुभएको थियो । एकै ओभरमा ३७ रन वा सोभन्दा बढी बनेको यो क्रिकेट इतिहासमा चौथो पटक हो । यसअघि सन् २०१२ मा न्युजिल्याण्डका स्कट स्टायरिसले सस्सेक्सका लागि खेल्दै गर्दा जेम्स फुलरको एकै ओभरमा ३८ रन जोड्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?