logo
२०८१ मंसिर ८ शनिवार



कुशल भुर्तेलको आईसीसी टी ट्वान्टी वरियतामा फड्को

क्रिकेट |
खेलकुद |


कुशल भुर्तेलको आईसीसी टी ट्वान्टी वरियतामा फड्को
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १५ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलिका ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व टी ट्वान्टी वरियतामा फड्को हान्नुभएको छ । आईसीसीको नयाँ वरियतामा उहाँ ६१ औं स्थानमा उक्लिनुभएको छ ।
आईसीसीले जारी गरेको नयाँ वरियता बमोजिम इंग्ल्याण्डका देविड मलान शीर्ष स्थानमा हुनुहुन्छ । अष्ट्रेलियाका आरोन फिञ्च दोस्रो, पाकिस्तानका बाबर आजम तेस्रो तथा न्युजिल्याण्डका डेभोन कोनवे चौथो स्थानमा छन् । भारतका कप्तान विराट कोहली पाँचौं स्थानमा चिप्लिनुभएको छ ।
नेपालबाट आईसीसीको टी ट्वान्टी विश्व वरियताको एक सयको सूचीमा तीन जना ब्याट्सम्यान छन् । उहाँले ४४२ रेटिंग्स पाउनुभएको छ । भुर्तेलले आफ्नो डेब्यु प्रतियोगिताको पाँच खेलमा चार अद्र्धशतक लगाएर विश्व कीर्तिमान बनाउनुभयो । उहाँले पाँच खेलमा १४० को स्ट्राइक रेट र ६९.५० को औसतमा २७८ रन बनाउनुभयो ।
नयाँ वरियतामा पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडका ८८ औं स्थानमा हुनुहुन्छ । ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?