logo
२०८१ मंसिर ८ शनिवार



बैंगलोरले देल्हीलाई हरायो, चेन्नईले हैदराबादको सामना गर्दै

क्रिकेट |
खेलकुद |


बैंगलोरले देल्हीलाई हरायो, चेन्नईले हैदराबादको सामना गर्दै
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १५ गते । इन्डियन प्रिमियर लिग(आईपीएल) को २३ औं खेलमा आज चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको चेन्नईले पूछारमा रहेको सनराइजर्स हैदराबादको सामना गर्न लागेको हो । उक्त खेल देल्हीमा हुनेछ ।
लिग अन्तगर्त गए राति सम्पन्न २२ औं खेलमा बैंग्लोरले देल्ही क्यापिटल्सलाई अन्तिम बलमा एक रनले हराएको छ । बैंगलोरले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउँदै देल्हीले चार विकेटको क्षतिमा १७० रन मात्रै जोड्न सक्यो । देल्हीका लागि कप्तान ऋषभ पन्तले सर्बाधिक ५८ रनको योगदान दिदै अविजित रहेपनि जित दिलाउन सक्नुभएन । सिमरन हैटमर भने मात्र २५ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाएर अविजित रहनुभयो ।
बैंगलोरको बलिङमा हर्षल पटेलले दुई तथा मोहम्मद सिराज र कायल जमीन्सनले एक एक विकेट लिए ।
त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बैंगलोरले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १७१ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा विकेटकीपर ब्याट्सम्यान अब्राहम डिभिलियर्सले अविजित रहँदै ७५ रनको विष्फोटक पारी खेल्नुभयो । उहाँले मात्र ४२ बलमा तीन चौका र पाँच छक्का लगाउनुभयो ।
देल्हीका लागि इशान्त शर्मा, कगिसो रबाडा, अभेष खान, अमित मिश्रा र अक्षर पटेलले सामान एक एक विकेट लिए ।
डिभिलियर्स प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?