logo
२०८१ मंसिर ९ आईतवार



बीसीसीआईले दुई हजार अक्सिजन ‘कन्सन्ट्रेटर’ सहयोग गर्ने

क्रिकेट |
अन्तर्राष्ट्रिय |
खेलकुद |


बीसीसीआईले दुई हजार अक्सिजन ‘कन्सन्ट्रेटर’ सहयोग गर्ने
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले कोरोना भाइरसको दोस्रो लहरबाट नराम्ररी प्रभावित भारतमा दुई हजार अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । बीसीसीआईले आइतबार एक वक्तब्य जारी गरी उक्त घोषणा गरेको हो ।
“कोरोनाभाइरस नियन्त्रणमा भारत सरकारको प्रयासलाई अझै सुदृढ र सार्थक बनाउन दश लिटर क्षमताको दुई हजार अक्सिजन ‘कन्सन्ट्रेटर’ उपलब्ध गराउन लागेको छ ।” –वक्तब्यमा उल्लेख गरिएको छ । अक्सिजन सिलिण्डरलाई पुनः भर्नुपर्ने हुन्छ । तर ‘कन्सन्ट्रेटर’ले वायुमण्डलमा रहेको अक्सिजन जम्मा गरेर शुद्धीकरण गरी बिरामीलाई आवश्यक भएको खण्डमा दिइन्छ ।
भारतमा अक्सिजनको अभावमै कोरोना सङ्क्रमणका सयौं बिरामीले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?