logo
२०८१ मंसिर ९ आईतवार



जयसूर्या आईसीसीको प्रतिबन्ध फुकुवा लगत्तै प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने

क्रिकेट |
खेलकुद |


जयसूर्या आईसीसीको प्रतिबन्ध फुकुवा लगत्तै प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २१ गते । श्रीलङ्काली क्रिकेट टोलिका पूर्ब कप्तान सनत जयसूर्या अष्ट्रेलियाको मेलबर्नस्थित एक क्रिकेट क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लाग्नुभएको छ । उहाँले मलग्रेभ क्लबसँग एक वर्षका लागि सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
आईसीसीको एन्टी करप्शन कोडले सन् २०१९ को फेब्रुअरीमा जयसूर्यामाथि दुई वर्षको प्रतिबन्ध लगाएको थियो । जयसूर्याले श्रीलङ्काका लागि ११० टेष्ट, ४४५ अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नुभएको छ । जयसूर्याले मलग्रेभमा आबद्ध हुने अबसर र पहुँच पूर्ब सहकर्मी तिलकरत्ने दिलशान र उपुल थरङ्गाले जुराएका हुन् ।
सन् २०१८ को अक्टोबर १५ देखि उहाँमाथि आईसीसीले प्रतिबन्ध लगाएको थियो । श्रीलङ्कामा अनियमितताको विषयमा छानबीनमा सहयोग नगरेको उहाँको दोष थियो । आईसीसीले लगाएको दोष सम्बन्धि अनुच्छेदमा छानबीनमा सहयोग नगरी ढिलाइ गरेको, छानबीनका लागि सहयोगी कागजातमा क्षति पुर्याएको उल्लेख छ । जिम्बाबवेले सन् २०१७ मा श्रीलङ्कामाथि उसको घरेलु मैदानमा जित हात पार्दा छानबीन सुरु भएको थियो । जयसूर्या त्यत्तिबेला श्रीलङ्काली चयन समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?