logo
२०८१ मंसिर ९ आईतवार



दोस्रो एकदिबसीयमा आयरल्याण्डको आठ विकेटको जित

क्रिकेट |
खेलकुद |


दोस्रो एकदिबसीयमा आयरल्याण्डको आठ विकेटको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । नेदरल्याण्ड्स बिरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले आठ विकेटले जितेको छ । जितसँगै तीन खेलको श्रृखंला १–१ को बराबरीमा आएको छ ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य आयरल्याण्ड्सले खेल सकिन सात ओभर बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो । आयरल्याण्डका लागि ओपनर पौल स्टर्लिङ्गले ५२ तथा कप्तान एन्डी बल्ब्रिनले अविजित ६३ रनको पारी खेल्नुभयो । नौ रनमै ओपनर विलियम पोर्टरफिल्डको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेको आयरल्याण्डको पारीमा स्टर्लिङ्गले कप्तान बल्ब्रिनसँग ८२ रनको साझेदारी गर्नुभयो । हयारी टेक्टरले अविजित ३० रन बनाउनुभयो ।
नेदरल्याण्ड्सका लागि लोगन भान बीक र पिटर सीलरले सामान एक एक विकेट लिए ।
त्यसअघि, आयरल्याण्डको अट्रेचिटमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्याण्ड्सले ४९ ओभर २ बल खेल्दै १५७ रनमा समेटिन पुग्यो । नेदरल्याण्ड्सको पारीमा म्याक्स ओ डौडले सर्बाधिक ३६, स्कट एडवार्ड्स र बास डे लीड्सले समान २३ रनको योगदान दिए ।
आयरल्याण्डको बलिङ्गमा क्रैग योङ्ग र जोस लिटलले सामान चार चार विकेट तथा बैरी म्याक्कैर्थी र एन्डी म्याकब्रैनले साामान एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?