logo
२०८१ मंसिर ९ आईतवार



पहिलो टेष्टमा न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड समक्ष २७३ रनको लक्ष्य प्रस्तुत

क्रिकेट |
खेलकुद |


पहिलो टेष्टमा न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड समक्ष २७३ रनको लक्ष्य प्रस्तुत
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २३ गते । न्युजिल्याण्डले पहिलो टेष्ट खेलमा इंग्ल्याण्ड समक्ष २७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा इंग्ल्याण्डले बिना कुनै क्षतिमा १४ रन बनाएको छ । पाँचौं तथा अन्तिम दिनको खेलमा ६६ ओभर बाँकी छ । इंग्ल्याण्डका लागि रोरी बनर्स र डम सिब्ली अविजित ब्याटिङ्ग गर्दैछन् ।
त्यसअघि, लर्ड्समा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा ३७८ रनको योगफल तयार गरेको थियो । न्युुजिल्याण्डका पारीमा डेभन कोनवेले आफ्नो पहिलो टेष्ट खेलमै दोहोरा शतक लगाउनुभयो । हेनरी निकोलासले ६१ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि ओली रोबिन्सनले सर्बाधिक चार तथा मार्क ऊडले तीन र जेम्स एन्डरसनले दुई विकेट लिए ।
जवाबमा इंग्ल्याण्डले ओपनर रोरी बनर्सको १३२ रनको सहयोगमा पहिलो पारीमा २७५ रनको योगफल तयार गर्यो । कप्तान जोई रुट र ओली रोबिन्सनले सामान ४२ रनको योगदान दिए ।
न्युजिल्याण्डका लागि टिम साऊदीले सर्बाधिक छ तथा कायल जमीन्सनले तीन र नैल वाग्नेरले एक विकेट लिए ।
पहिलो पारीमा १०३ रनको अग्रता बनाएको न्युजिल्याण्डले आफ्नो दोस्रो पारी छ विकेटको क्षतिमा १६९ रनमा घोषणा गर्दै इंग्ल्याण्ड समक्ष २७३ रनको लक्ष्य प्रस्तुत गरेको हो । न्युजिल्याण्डका लागि दोस्रो पारीमा टम लाथेमले सर्बाधिक ३६ तथा रोस टेलरले ३३ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि ओली रोबिन्सनले सर्बाधिक तीन तथा स्टुअर्ट ब्रोड, मार्क ऊड र जोइ रुटले सामान एक एक विकेट लिए ।

स्वीडेनले आर्मेनियालाई हरायो
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २३ गते । स्वीडेनले आर्मेनियालाई ३–१ ले हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तगर्त यूरो कप २०२० को पूर्ब सन्ध्यामा स्वीडेनले आर्मेनियालाई हराएको हो ।
आयोजक स्वीडेनले एमिल फोर्सबर्ग र मार्कस डेनिएलसनको गोलबाट स्टकहल्ममा २–० को अग्रता लिन सफल भयो । आर्मेनियाका भहान बिचख्यानले पुनरागमन गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनु अघि लिन्डेलोफको प्रहार बिफल भएको थियो ।
प्रतिस्थापित खेलाडी मार्कस बर्गले ८५ औं मिनेटमा गर्नुभएको गोल नै खेलको अन्तिम गोल रहन गयो । र स्वीडेनले आर्मेनियामाथि ३–१ को सहज जित हात पार्न सफल भयो ।
स्वीडेनले यूरो कप २०२० को आफ्नो पहिलो खेलमा जुन १४ मा सेभियामा स्पेनको सामना गर्नेछ । सन् १९९२ को यूरो कपको सेमीफाइनलसम्म पुगेको स्वीडेनले चार दिनपछि स्लोभाकिया र त्यसको पाँच दिनपछि पोल्याण्डको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?