logo
२०८१ मंसिर ९ आईतवार



तीव्र गतिका बलर ओली रोबिन्सनलाई आईसीसीले निलम्बन गर्यो

क्रिकेट |
खेलकुद |


तीव्र गतिका बलर ओली रोबिन्सनलाई आईसीसीले निलम्बन गर्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २४ गते । इंग्ल्याण्डका तीव्र गतिका बलर ओली रोबिन्सनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न रोक लगाएको छ । छानबीन पुरा नभएसम्म रोबिन्सनले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हुने छैन् । रोबिन्सनले सामाजिक सञ्जाल ट्वीटरमा नश्लभेदी र यौनसँग सम्बन्धित टिप्पणी गरेपछि आईसीसीको कारबाहीमा परेका हुन ।
सन् २०१२ र सन् २०१३ मा रोबिन्सनले ट्वीटरमा गरेको ट्वीटको आईसीसीले छानबीन गर्दैछ । २७ वर्षीय रोबिन्सनले न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टबाट इंग्ल्याण्ड टोलिबाट डेब्यु गर्नुभएको थियो । उहाँलाई दोस्रो टेष्टमा स्थान दिइएको छैन् । न्युजिल्याण्ड बिरुद्धको पहिलो टेष्टमा रोबिन्सनले सात विकेट लिनुका साथै ४२ रन बनाउनुभएको छ ।
रोबिन्सन १८ वर्षको छँदा गरेको ट्वीट बुधबार चर्चामा आयो । पछि रोबिन्सनले आफू लज्जित भएको र क्षमा गरिदिन आग्रह गर्नुभएको छ । खेल समाप्त भएपछि इंग्ल्याण्ड क्रिकेट टोलीका कप्तान जोई रुटले भने उक्त ट्वीट स्वीकारोग्य नरहेको प्रतिक्रिया दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?