logo
२०८१ मंसिर ९ आईतवार



श्रीलङ्का विरुद्धको एकदिवसीय शृङ्खलामा शिखर धवनले कप्तानी गर्ने

क्रिकेट |
खेलकुद |


श्रीलङ्का विरुद्धको एकदिवसीय शृङ्खलामा शिखर धवनले कप्तानी गर्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २८ गते । श्रीलङ्का विरुद्धको एकदिबसीय श्रृखंलाका लागि भारतीय क्रिकेट टोलीको नेतृत्व शिखर धवनले गर्नुहुने भएको छ । पहिलो रोजाइको राष्ट्रिय टोलि विश्व टेष्ट च्याम्पियनशीप र इंग्ल्याण्ड विरुद्धको पाँच खेलको टेष्ट श्रृखंला खेल्न इंग्ल्याण्डमा रहँदा भारतको अर्को टोलि श्रीलङ्काको भ्रमण गर्नेछ । उक्त टोलिको नेतृत्व शिखर धवनले गर्नुहुनेछ ।
श्रीलङ्का भ्रमणमा पाँच जना भारतीय क्रिकेटरले अन्तर्राष्ट्रिय स्पर्धामा डेब्यु गर्नेछन् । देवदत्त पडिक्कल, ऋतुराज गाईकवाड, नितिश राना, के गौथम र चेतन सकारियालाई टोलिमा स्थान दिइएको छ । पाँच जना बलरलाई समेत टोलिमा स्थान दिइएको छ । इशान पोरेल, सन्दीप वरियर, अरशदीप सिंह, आर साई किशोर र सिमरजित सिंह टोलीमा स्थान पाएका छन् ।
जुलाई १३ मा सुरु हुने गरी भारतले श्रीलङ्कामा तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नेछ । सबै खेल आर प्रेमदशा रङ्गशालामा हुनेछ ।
भुवनेश्वर कुमार उपकप्तानको जिम्मेवारीमा हुनेछन् । पृथ्वी शाह, सूर्यकुमार यादब, मनिष पाण्डे, हार्दिक पाण्ड्या, इशान किशन, सञ्जु सैम्सन, युज्वेन्द्र चाहल टोलीमा अटाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले घोषणा गरेको टोलीका अन्य सदस्यहरुमा राहुल चाहर, क्रूनाल पाण्ड्या, कुलदीप यादव, बरुण चक्रवर्ती, दीपक चाहर, नवदीप सैनी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?