logo
२०८१ मंसिर ९ आईतवार



विश्व टेष्ट च्याम्पियन्सका लागि भारतले १५ खेलाडी टुंग्यायो

क्रिकेट |
खेलकुद |


विश्व टेष्ट च्याम्पियन्सका लागि भारतले १५ खेलाडी टुंग्यायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । विश्व टेष्ट च्याम्पियन्सका लागि भारतीय क्रिकेट टोलि ब्यवस्थापनले १५ सदस्यीय टोलिको घोषणा गरेको छ । भारतले विश्व टेष्ट च्याम्पियन्सको उपाधिको लागि शुक्रबारबाट न्युजिल्याण्डको सामना गर्दैछ ।
लामो सयमदेखि अस्थिर रहेको भारतको ओपनर ब्याट्सम्यानको जोडीको समेत टुंगो लागेको छ । रोहित शर्मा र शुभमन गिलले न्युजिल्याण्ड बिरुद्धको खेलमा पारीको सुरुवात गर्नेछन् । अष्ट्रेलियामा टेष्ट क्रिकेटको सुरुवात गर्नुभएका गिलले इंग्ल्याण्ड बिरुद्धको घरेलु श्रृखंलाको सात पारीमा मात्र ११९ रन बनाउनुभएको थियो ।
विदेशी भूमीमा हनुमा बिहारीले स्थान पाउँदै आएकोमा १५ सदस्यीय टोलिमा उहाँ अटाएपनि अन्तिम एघारमा नपर्ने प्रायः निश्चित भएको छ । मयनक अग्रवाल र के एल राहुल समेत टोलिमा अटाएनन ।
ऋषभ पन्त र ऋधिमन साहा विकेटकीपरको रुपमा उपलब्ध हुनेछन् । साहाले पछिल्लो पटक गत् डिसेम्बर महिनामा अष्ट्रेलिया बिरुद्ध एडिलैड टेष्टमा स्थान बनाउनुभएको थियो । त्यसयता ऋषभ पन्तपछि उहाँ पहिलो रोजाईमा पर्नुभएको छ ।
भारतले न्युजिल्याण्ड बिरुद्ध पाँच जना तीब्र गतिका बलरलाई टोलिमा राखेको छ । जसप्रित बुमराह, इशान्त शर्मा, मोहम्मद सामी, मोहम्मद सिराज र उमेश यादब टोलिमा अटाएका छन् । श्रद्धुल ठाकुर प्राथमिकतामा पर्नुभएन । ब्रिसबैन टेष्टमा ठाकुरले सात विकेट लिनुका साथै ६७ रन बनाउनुभएको थियो ।
दुई जना मात्रै स्पिनरले स्थान बनाएका छन् । रबिचन्द्रन आश्विन र रबिन्दर जडेजा अटाएका छन् । अष्ट्रेलियाको घरेलु मैदानमा हराउन उत्कृष्ट प्रदर्शन गरेका अक्षर पटेल र वाशिंगटन सुन्दर भने आरक्षित स्पिनरको रुपमा रहनेछन् ।
बिराट कोहलीको कप्तान रहने टोलिमा अजिन्क्यै रहाने उपकप्तानको भूमिकामा यथावत रहनुहुनेछ । टोलिमा चेतेश्वर पूजारा समेत अटाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?