logo
२०८१ मंसिर ९ आईतवार



दक्षिण अफ्रिकाले वेष्टइन्डिज विरुद्धको टेष्ट शृङ्खला २–० ले जित्यो

क्रिकेट |
खेलकुद |


दक्षिण अफ्रिकाले वेष्टइन्डिज विरुद्धको टेष्ट शृङ्खला २–० ले जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । दक्षिण अफ्रिकाले वेष्टइन्डिज विरुद्धको दुई खेलको टेष्ट शृङ्खला २–० ले जितेको छ । दोस्रो तथा अन्तिम टेष्ट खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिज मात्र १६५ रनमा समेटिन पुग्यो । दक्षिण अफ्रिकाले दोस्रो टेष्ट खेलमा १५८ रनले जितेको हो ।
ग्रस आईसलैटमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डे ककको ९६ रनको सहयोगमा पहिलो पारीमा २९८ रनको औसत योगफल तयार गर्यो । वेष्टइन्डिजका लागि केमार रोच र कायल मेयर्सले सामान तीन तीन तथा शैनन गेब्रेलले दुई एवम् जैसन होल्डर र जैडन सिल्सले एक एक विकेट लिए ।
जवाबमा वेष्टइन्डिज आफ्नो पहिलो पारीमा मात्र १४९ रनमा समेटिन पुग्यो । जर्माइन ब्लैकउडको ४९ तथा शाई होपको ४३ रन अतिरिक्त वेष्टइन्डिजका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । दक्षिण अफ्रिकाका लागि कगिसो रबाडा, लुङ्गि एनगिडी र केशव महाराजले दुई दुई तथा वेयान मडरले तीन विकेट लिनुभयो ।
पहिलो पारीमा १४९ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो पारीमा मात्र १७४ रनमा समेटिएपनि वेष्टइन्डिजले ३२४ रनको लक्ष्य पायो । दक्षिण अफ्रिकी पारीमा भान डर दुस्सैनले अविजित रहँदै ७५ तथा कगिसो रबाडाले ४० रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि केमार रोचले सर्वाधिक चार विकेट लिनुभयो ।
३२४ रनको औसत लक्ष्य पछ्याएको वेष्टइन्डिज मात्र ५८.३ ओभरमा १६५ रनमा समेटिन पुग्यो । उसको पारीमा क्यारन पावेलले बनाउनुभएको ५१ रन नै सर्बाधिक ब्यक्तिगत योगफल रहन गयो ।
दक्षिण अफ्रिकी बलिङमा केशव महाराजले हयाट्रिकसहित पाँच विकेट लिनुभयो । कगिसो रबाडाले तीन तथा लुङ्गि एनगिडीले एक विकेट लिनुभयो ।
कगिसो रबाडा प्लेयर अफ द म्याच र क्विन्टन डे कक प्लेयर अफ द सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?