logo
२०८१ मंसिर ९ आईतवार



तेस्रो टी ट्वान्टीमा इङ्ल्याण्डको ८९ रनको जित

क्रिकेट |
खेलकुद |


तेस्रो टी ट्वान्टीमा इङ्ल्याण्डको ८९ रनको जित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । इङ्ल्याण्डले श्रीलङ्का विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल ८९ रनले जितेको छ । सुरुको दुई टी ट्वान्टी जितेको इङ्ल्याण्डले तेस्रो तथा अन्तिम टी ट्वान्टीमा समेत सहजै जित हात पारेको छ ।
इङ्ल्याण्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउँदै श्रीलङले १८.५ ओभरमा ९१ रनमा समेटिन पुग्यो । श्रीलङ्काका लागि बिनुरा फर्नान्डोले बनाएको २० तथा ओशादा फर्नान्डोले बनाएको १९ रन नै सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो ।
इङ्ल्याण्डको बलिङमा देविड विल्लेले सर्वाधिक तीन तथा साम कर्रनले दुई एवम् क्रिस वक्स, क्रिस जोर्डन, लियम लिभिङस्टन र मोइन अलिले सामान एक एक विकेट लिए ।
त्यसअघि, साउथहयाम्पटनमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको इंग्ल्याण्डले पूरा २० ओभर खेल्दैछ विकेटको क्षतिमा १८० रनको उच्च योगफल तयार गर्यो । ओपनर ब्याट्सम्यानद्वय जोनी बैरिष्टो र देविड मलानले पहिलो विकेटका लागि १०५ रनको उत्कृष्ट साझेदारी गरे । जोनी बैरिष्टोले ५१ तथा देविड मलानले ७६ रनको योगदान दिनुभयो ।

श्रीलङ्काका लागि दुश्मन्थ चमीराले सर्वाधिक चार तथा बिनुरा फर्नान्डो र इसरु उदानाले एक एक विकेट लिए । देविड मलान प्लेयर अफ द् म्याच तथा साम कर्रन प्लेयर अफ द् सेरिज घोषित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?