logo
२०८१ मंसिर ९ आईतवार



आईसीसीका म्याच रेफ्री कोरोनाबाट सङ्क्रमित

क्रिकेट |
खेलकुद |


आईसीसीका म्याच रेफ्री कोरोनाबाट सङ्क्रमित
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)का म्याच रेफ्रीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । इंग्ल्याण्ड र श्रीलङ्का बिरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा टस गराउनुभएका फिल विट्टीकेसमा सङ्क्रमणको पुष्टि भएको छ ।
साउथहयाम्पटनमा दुई टोलिबीचको तेस्रो टी ट्वान्टी शनिबार अबेर राति सम्पन्न भएको थियो । इंग्ल्याण्ड क्रिकेट बोर्ड(ईसीबी)ले म्याच रेफ्री फिलमा सङ्क्रमणको पुष्टि भएपछि पाँच जना खेल अधिकारीलाई परिवर्तन गरेको छ । इंग्ल्याण्डले श्रीलङ्का बिरुद्ध एकदिवसीय श्रृखंला खेल्ने तालिका रहेको छ । श्रृखंलाको पहिलो खेल चेष्टर ली स्ट्रिटमा मंगलबार हुनेछ ।
ीफल विट्टीकेसको शुक्रबार कोरोना परीक्षण गरिएको थियो । म्याच रेफ्री फिलले शनिबार श्रीलङ्का र इंग्ल्याण्डका कप्तानको बीचमा उभिएर टस गराउनुभएको थियो । “उहाँमा कुनै लक्षण देखिएको छैन् र उहाँको स्वास्थ्य अवस्था ठीकै रहेको” ईसीबीले जनाएको छ ।
उहाँको सम्पर्कमा आएका सात जना खेल अधिकारी पहिचान गरिएको छ । जसमध्ये पाँच जनालाई चेष्टर ली स्ट्रिटमा समेत खेल अधिकारीको जिम्मेवारी दिइएको थियो । तर सातै जना दश दिनको अनिवार्य एकान्तबासमा बस्नुपर्ने भएकोले एकान्तबासमा रहने विकल्प अधिकारीको खोजी गरिएको छ ।
यद्दपी ईसीबीले दुबै टोलिका कुनै पनि खेलाडी म्याच रेफ्रीको नजिक सम्पर्कमा नआएको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?