logo
२०८१ मंसिर ९ आईतवार



चौथो टी ट्वान्टीमा वेष्टइन्डिजले दक्षिण अफ्रिकालाई हरायो

क्रिकेट |
खेलकुद |


चौथो टी ट्वान्टीमा वेष्टइन्डिजले दक्षिण अफ्रिकालाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार १८ गते । दक्षिण अफ्रिका बिरुद्धको चौथो टी ट्वान्टी खेलमा वेष्टइन्डिजले जित हात पारेको छ । वेष्टइन्डिजको जितसँगै पाँच खेलको टी ट्वान्टी श्रृखंला २–२ को बराबरीमा आइपुगेको छ ।
वेष्टइन्डिजले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १४६ रन जोड्न सक्यो । अफ्रिकी पारीमा ओपनर क्विन्टन डे ककको ६० रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । वेष्टइन्डिजका लागि ड्वायन ब्राभोले सर्बाधिक चार विकेट लिनुभयो । क्रिस गेल, ओबेड म्याकै र क्यारन पोलार्डले एक एक तथा आन्द्रे रस्सैलले दुई विकेट लिए ।
त्यसअघि, ग्रनाडामा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको वेष्टइन्डिजले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १६७ रनको औसत योगफल तयार गर्यो । वेष्टइन्डिजका लागि ओपनर लेण्डी सिमोन्सले ४७ तथा कप्तान क्यारन पोलार्डले अविजित ५१ रनको पारी खेल्नुभयो । पोलार्डले मात्र २५ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा अद्र्धशतक पुरा गर्नुभयो ।
अफ्रिकी बलरहरुमा जर्ज लिण्डे र तबरेज सम्सीले सामान दुई दुई तथा एनरिक नोर्जे र कगिसो रबाडाले एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?