logo
२०८१ मंसिर ९ आईतवार



इंग्ल्याण्डको युवा टोलीले पाकिस्तानलाई नौ विकेटले हरायो

क्रिकेट |
खेलकुद |


इंग्ल्याण्डको युवा टोलीले पाकिस्तानलाई नौ विकेटले हरायो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार २५ गते । इंग्ल्याण्डले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पाकिस्तानलाई नौ बिकेटको फराकिलो अन्तरले हराएको छ । तीन जना खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि इंग्ल्याण्डले पहिलो रोजाइको टोलीका सम्पूर्ण सदस्यलाई परिवर्तन गर्दै नयाँ अनुहार सम्मिलित टोली उतारेको थियो ।
कार्डिफमा गए राति अबेर सम्पन्न खेलमा पाकिस्तानले इंग्ल्याण्ड समक्ष १४१ रनको सामान्य योगफल तयार गरेको थियो । जवाफमा इंग्ल्याण्डले २१ ओभर पाँच बलमा मात्र एक विकेटको क्षतिमा लक्ष्य पूरा गरी पाकिस्तानलाई सहजै हरायो । इंग्ल्याण्डको जितमा देविड मलानले सर्वाधिक ६८ तथा ज्याक क्राउलीले अविजित ५८ रनको योगदान दिनुभयो । दुबै जनाले दोस्रो विकेटका लागि अविजित १२० रनको साझेदारी गरे ।
त्यसअघि, पाकिस्तानले पहिला ब्याटिङ गर्दै ३५ ओभर दुई बलमा मात्र १४१ रनमा समेटिन पुग्यो । पाकिस्तानका लागि फखार जमामले सर्वाधिक ४७ रनको योगदान दिनुभयो । इंग्लिश बलरहरुमा महमूदले ४२ रन खर्चेर सर्वाधिक क चार विकेट लिनुभयो ।
दुई टोलीबीचको दोस्रो अन्तर्राष्ट्रिय खेल शनिबार लर्ड्समा खेलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?