logo
२०८१ मंसिर ९ आईतवार



महमदुल्लाहले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरे

क्रिकेट |
खेलकुद |


महमदुल्लाहले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरे
तस्विर–एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, असार २६ गते । बङ्गलादेश क्रिकेट टोलिका महत्वपूर्ण सदस्य एवम् मध्यक्रमका ब्याट्सम्यान महमदुल्लाहले क्रिकेटको टेष्ट स्वरुपबाट सन्यासको घोषणा गर्नुभएको छ । जिम्बाबवे बिरुद्धको एक मात्र टेष्ट खेलको तेस्रो दिनमा उहाँले टेष्ट क्रिकेटबाट सन्यास लिने निर्णयमा पुग्नुभएको बताइएको छ ।
तर उहाँले खेलको क्रममा वा खेलपछिको पत्रकार सम्मेलनमा भने आफ्नो सन्यासबारे कुनै जानकारी गराउनुभएको छैन् । तेस्रो दिनको खेलमा उहाँले ९ औं बिकेटका लागि टस्किन अहमदसँग १९१ रनको साझेदारी गर्नुभयो । बङ्गलादेशले पहिलो पारीमा आठ विकेटको क्षतिमा मात्र २७० रन जोड्दा महमदुल्लाहले अहमदसँग उत्कृष्ट साझेदारी गर्दै टोलिलाई औसत योगफलसम्म पुर्याउनुभयो ।
पहिलो पारीमा बङ्गलादेशले ४६८ रनको योगफल तयार गर्दा महमदुल्लाहले अविजित १५० रनको पारी खेल्नुभएको छ । विकेटकीपर लिटन दासले भने ९५ रनको योगदान दिनुभयो ।
महमदुल्लाहले हालसम्म ५० टेष्ट म्याच खेल्नुभएको छ । जारी टेष्ट खेलमा उहाँले आफ्नो टेष्ट क्रिकेट जिवनको पाँचौं टेष्ट शतक लगाउनुभएको छ । खेलको बीचमै यसप्रकारको घोषणाले टोलिको मनोबल खस्किने भन्दै बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले आलोचना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?