logo
२०८१ मंसिर ९ आईतवार



वेष्टइन्डिजले अष्ट्रेलियालाई १८ रनले हरायो

क्रिकेट |
खेलकुद |


वेष्टइन्डिजले अष्ट्रेलियालाई १८ रनले हरायो
तस्व्रि-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, असार २६ गते । वेष्टइन्डिजले अष्ट्रेलियालाई पहिलो टी ट्वान्टी खेलमा १८ रनले हराएको छ । पहिलो टी ट्वान्टीमा जितसँगै वेष्टइन्डिजले पाँच खेलको श्रृखंलामा १–० को अग्रता कायम गरेको छ ।
वेष्टइन्डिजले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउँदै अष्ट्रे्लिया खेल सकिन चार ओभर बाँकी छँदै मात्र १२७ रनमा समेटिन पुग्यो । अष्ट्रेलियाका लागि मिशेल मार्शले ५१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । उसको पारीका छ जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन । वेष्टइन्डिजका बलिङ्गमा ओबेड म्याक्कैले सर्बाधिक चार तथा हेडन वाल्शले तीन एवम् फाबियन एलेनले दुई र आन्द्रे रस्सैलले एक विकेट लिए ।
त्यसअघि, ग्रस आइसलैटमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको घरेलु टोलिले ३५ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । आन्द्रे रस्सैलले सर्बाधिक ५१ रनको पारी खेलेपछि वेष्टइन्डिज औसत योगफलसम्म पुग्न सफल भयो । आन्द्रे रस्सैल अन्तिम ओभरको दोस्रो बलमा आउट हुँदा वेष्टइन्डिजले छ विकेटको क्षतिमा १३७ रन जोडेको थियो । अन्तिम चार बलमा उसले थप आठ रन जोडदा वेष्टइन्डिजले २० ओभरमा छ विकेटको क्षतिमा १४५ रनको योगफल तयार गर्यो ।
अष्ट्रेलियाली बलरहरुमा जोश हयाज्लऊडले सर्बाधिक तीन तथा मिशेल मार्शले दुई विकेट लिए ।
वेष्टइन्डिजका ओबेड म्याक्कै प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?