logo
२०८१ मंसिर ९ आईतवार



पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो

क्रिकेट |
खेलकुद |


पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २७ गते । इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हराउँदै पाकिस्तान विरुद्धको तीन खेलको शृङ्खला जितेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुन बाँकी नै छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान ४१ ओभरमा मात्र १९५ रनमा समेटिन पुग्दा उसले ५१ रनको हारको सामना गर्नुपर्यो । पाकिस्तानका लागि साउद शकीलले बनाउनुभएको ५६ रन नै सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । हसन अलिले ३१ रन बनाउनुभयो ।
इंग्ल्याण्डका लागि शकिब महमूद, क्रैग ओभर्टन र म्याट्ट पार्किन्सनले सामान दुई दुई तथा लेविस ग्रेगोरीले तीन विकेट लिए । ब्राइडन कार्सले एक विकेट लिनुभयो ।
त्यसअघि, लर्ड्समा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको इंग्ल्याण्डले ४५.२ ओभरमा २४७ रनमा समेटिन पुग्यो । इंग्ल्याण्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ६० रनको योगदान दिनुभयो । जेम्स भिन्सले ५६ तथा लेविस ग्रेगोरीले ४० रन बनाए । पाकिस्तानका लागि हसन अलिले सर्वाधिक पाँच विकेट लिनुभयो । हरिश रौफले दुई तथा शदाब खान, साउद शकील र शाहीद शाह अफ्रिकीले एक एक विकेट लिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?