logo
२०८१ मंसिर ९ आईतवार



टी ट्वान्टी श्रृखंलाका लागि इंग्ल्याण्डका खेलाडी आईसोलेशनबाट फर्किए

क्रिकेट |
खेलकुद |


टी ट्वान्टी श्रृखंलाका लागि इंग्ल्याण्डका खेलाडी आईसोलेशनबाट फर्किए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार ३० गते । पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाबाट बाहिरिन पुगेका नौ जना खेलाडी इंग्ल्याण्ड क्रिकेट टोलिमा फित्र्ता भएका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुपरेका नौ जना प्राथमिक खेलाडी टोलिमा फर्किएका हुन ।
इंग्ल्याण्ड क्रिकेट बोर्डका अनुसार नियमित कप्तान इयन मोर्गनले कप्तानको जिम्मेवारी बहन गर्नुहुनेछ । टोलिमा जोनी बैरिष्टिौ, जोस बटलर र जैसन रोय फर्किएका छन् । बेनन स्टोक्सलाई भने आराम दिइएको छ ।
टोलिका केही सदस्य कोभिड १९ बाट सङ्क्रमित भएपछि पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि बेन्न स्टोक्सको नेतृत्वमा नौ जना नयाँ अनुहार राष्ट्रिय टोलिमा अटाएका थिए । पाकिस्तान बिरुद्धको श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरेको केही खेलाडी सकिब महमूद र म्याट्ट पार्किन्सन भने एकदिबसी टोलिमा समेत अटाएका छन् ।
मार्क ऊड, क्रिस वक्स र साम कर्रन श्रृखंलाभरि बाहिर रहनेछन् । प्रमुख प्रशिक्षक क्रिस सिल्भरऊड समेत बिदामा बस्नुहुनेछ । बिदामा रहनुभएका सहायक प्रशिक्षक पौल कलिङ्गऊड प्रशिक्षकको भूमिकामा रहनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?