logo
२०८१ मंसिर ९ आईतवार



ऋषभ पन्तमा सङ्क्रमणको पुष्टि

क्रिकेट |
खेलकुद |


ऋषभ पन्तमा सङ्क्रमणको पुष्टि
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार ३१ गते । भारतीय क्रिकेटर ऋषभ पन्त कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका सदस्य एवम् विकेटकीपर ब्याट्सम्यान पन्त सङ्क्रमित हुनुभएको हो ।
उहाँ टोलिका सदस्यहरुसँग डरहमको यात्रा गर्नुहुने छैन् । भारतले घरेलु टोलि बिरुद्ध पाँच खेलको टेष्ट श्रृखंला खेल्न इंग्ल्याण्ड भ्रमणमा छ । अर्को महिनाको सुरुमा श्रृखंलाको पहिलो खेल हुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)का उपाध्यक्ष राजिब शुक्लले टोलिका एक सदस्य सङ्क्रमित भएको र उहाँ क्वारेन्टिनमा रहेकोले टोलिका अन्य सदस्य प्रभाबित नभएको बताउनुभएको छ । २३ वर्षीय पन्त तात्काल क्वारेन्टिनमै रहनुहुनेछ ।
बीसीसीआईका सेक्रेटरी जय शाहले भने सबै खेलाडीलाई कोभिड १९ प्रोटोकलको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?