logo
२०८१ मंसिर ९ आईतवार



‘नेपालमा कुनै विदेशी लिग सञ्चालनको अनुमति दिइएको छैन’

क्रिकेट |
खेलकुद |


‘नेपालमा कुनै विदेशी लिग सञ्चालनको अनुमति दिइएको छैन’
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । नेपाल क्रिकेट संघ(क्यान)ले नेपालमा कुनै पनि विदेशी क्रिकेट लिग सञ्चालनको अनुमति नदिएको प्रष्ट्याएको छ । संघले आफ्नो अनुमति नलिएर आयोजना गरिने कुनै पनि क्रिकेट गतिबिधिमा संलग्न नहुन आग्रह गरेको छ ।
नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले विदेशी लिग सञ्चालनको अनुमति नदिएको प्रष्ट्याउँदै क्यानको अनुमति बेगर कुनै लिग सञ्चालन समेत गर्न नपाउने बताउनुभएको छ । क्यानले नेपालमा एभरेष्ट प्रिमियर लिग सञ्चालन गर्ने अनुमति दिएको छ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले समेत मान्यता दिएको छ ।
क्यानका सचिब प्याकुरेलले क्यानको स्वीकृति नलिएर नेपालमा आयोजना गरिने जुनसुकै क्रिकेट प्रतियोगितामा संघ मातहातका प्रदेश एवम् जिल्ला संघ, खेलाडी तथा पदाधिकारी, प्राबिधिक अधिकारी र अन्य क्रिकेट सम्बद्ध ब्यक्ति वा संस्थालाई संलग्नता नजनाउन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?