logo
२०८१ मंसिर ९ आईतवार



पहिलो एकदिबसीय खेलमा श्रीलङ्कामाथि भारतको सात विकेटको जित

क्रिकेट |
खेलकुद |


पहिलो एकदिबसीय खेलमा श्रीलङ्कामाथि भारतको सात विकेटको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । भारतले श्रीलङ्कालाई पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा श्रीलङ्कामाथि सात विकेटको जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
श्रीलङ्काले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याउँदै भारतले खेल १३ ओभर २ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा २६३ रन बनाएर पुरा गर्यो । भारतको जितमा कप्तान शिखर धवनले अविजित रहँदै सर्बाधिक ८६ रनको योगदान दिनुभयो । ओपनर पृथ्वी शा र धवनले ५८ रनको साझेदारी गरेर औसत सुरुवात दिलाउनुभयो ।
शा ४३ रन बनाएर पेभेलियन फर्किदा कप्तान धवनले इशान किशनसँग दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो किशन ५९ रन बनाएर पेभेलियन फर्केपछि मनिष पाण्डेले २६ तथा सूर्यकुमार यादबले अविजित ३१ रन बनाएर टोलिलाई जितसम्म पुर्याउनुभयो ।
श्रीलङ्काली बलरहरुमा धनञ्जय डी सिल्भाले दुई तथा लक्षण सन्दाकनले एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको श्रीलङ्काले पुरै पचास ओभर खेल्दै नौ विकेटको क्षतिमा २६२ रनको योगफल तयार गर्यो । श्रीलङ्का पारीमा कुनै पनि ब्याट्सम्यानले अद्र्धशतकीय पारी नलगाएपनि अधिकांशले औसत पारी खेले । ओपनर अविष्का फर्नान्डोले ३३, मिनोद भानुकाले २७, भानुका राजापाक्साले २४, चरिथ अश्लाङ्काले ३८, दसुन शनाकाले ३९ रन तथा चमीका करुणारत्नेले सर्बाधिक ४३ रनको योगदान दिए ।
भारतीय बलरहरुमा दीपक चाहर, युज्वेन्द्र चाहल, कुलदीप यादबले सामान दुई दुई तथा हार्दिक पाण्ड्या र क्रूनाल पाण्ड्याले सामान एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?