logo
२०८१ मंसिर ९ आईतवार



आईसीसीले स्वीटजरल्याण्डसहित तीन राष्ट्रलाई अशोसिएटको मान्यता दियो

क्रिकेट |
खेलकुद |


आईसीसीले स्वीटजरल्याण्डसहित तीन राष्ट्रलाई अशोसिएटको मान्यता दियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले स्वीटजरल्याण्डसहित तीन राष्ट्रलाई अशोसिएट राष्ट्रको मान्यता दिएको छ । मान्यता पाउनेमा स्वीटजरल्याण्डसहित ताजिकिस्तान र मंगोलिया रहेका छन् । मंगोलिया र ताजिकिस्तान आईसीसीमा प्रतिनिधित्व गर्ने एशियाका २२ औं र २३ औं राष्ट्र भएका छन् । स्वीटजरल्याण्ड भने यूरोपमा आईसीसीको मान्यता पाउने ३५ औं राष्ट्र हो ।
आईसीसीको सञ्चालक समितिको वार्षिक बैठकले तीन वटै राष्ट्रले अशोसिएशटको मान्यताका लागि राखेको प्रस्ताब स्वीकृत गरेको हो । आईसीसीको मान्यतापछि यी तीनै राष्ट्रले विश्वकप जस्ता ठूला अबसरका लागि छनोट खेल्न पाउनुका साथै क्रिकेट बिकासका लागि आईसीसीको आर्थिक सहयोग समेत पाउने भएका छन् ।
आईसीसीको वार्षिक बैठकले जाम्बियाको सदस्यता खारेज गरेको छ । सन् २०१९ मा जाम्बियालाई आईसीसीले निलम्बन गरेको थियो । रुसको सदस्यता समेत निलम्बन गरिएको छ ।
थपिएका राष्ट्रसँगै आईसीसीमा अशोसिएटको दर्जा पाएका राष्ट्रहरुको संख्या ९४ पुगेको छ । आईसीसीका कुल सदस्य राष्ट्र भने १०६ रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?