logo
२०८१ मंसिर ९ आईतवार



इंग्ल्याण्डले पाकिस्तानलाई ४५ रनले हरायो

क्रिकेट |
खेलकुद |


इंग्ल्याण्डले पाकिस्तानलाई ४५ रनले हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा पाकिस्तानलाई ४५ रनले हराएको छ । जितसँगै तीन खेलको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा आइपुगेको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १५५ रन जोडन सक्यो । पाकिस्तानको पारीमा ओपनर मोहम्मद रिजवानको ३७ तथा शदाब खानले ३६ रनको योगदान दिनु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।
इंग्लीश बलरहरुमा सकिब महमूदले तीन तथा आदिल रशिद र मोइन अलिले दुई दुई तथा टम कर्रन र म्याट्ट पार्किन्सनले एक एक विकेट लिए ।
त्यसअघि, लीड्समा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको इंग्ल्याण्डले १९ ओभर पाँच बलमा २०० रनको सम्मानजनक योगफल तयार गर्न सफल भयो । उसको पारीमा कप्तान जोेस बटलरले सर्बाधिक ५९ तथा लियम लिभिंगस्टनले ३८ र मोइन अलिले ३६ रनको योगदान दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?