logo
२०८१ बैशाख १४ शुक्रवार



पहिलो एकदिबसीयमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई विशाल अन्तरले हरायो

क्रिकेट |
खेलकुद |


पहिलो एकदिबसीयमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई विशाल अन्तरले हरायो
तस्विर–क्रिकेट वेष्टइन्डिज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा वेष्टइन्डिजलाई १३३ रनको विशाल अन्तरले हराएको छ । पाँच खेलको टी ट्वान्टी श्रृखंला ४–१ ले गुमाएको अष्ट्रेलिया अन्तर्राष्ट्रिय एकदिबसीयमा तीन खेलको श्रृखंलाको पहिलो खेलमा विशाल अन्तरको जित हात पारेको हो ।
वेष्टइन्डिजले २५७ रनको लक्ष्य पछ्याउने क्रममा २६ ओभर २ बलमा मात्र १२३ रनमा समेटिन पुग्यो । वेष्टइन्डिजको पारीमा कप्तान क्यारन पोलार्डले बनाउनुभएको ५६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । २७ रनमा छ विकेट गुमाएको वेष्टइन्डिजका लागि कप्तान पोलार्डले अल्जारी जोसेफसँग ६८ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयत्न गर्नुभयो । तर उहाँको प्रयास असफल भयो ।
अष्ट्रेलियाका लागि मिशेल स्टार्कले सर्बाधिक पाँच विकेट लिनुभयो । जोश हयाज्लऊडले तीन तथा एडम जाम्पा र मिशेल मार्शले सामान एक एक विकेट लिए ।
त्यसअघि, ब्रिजटाउनमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा नौ विकेटको क्षतिमा २५२ रनको योगफल तयार गर्यो । उसको पारीमा कप्तान एलेक्स कैरीले सर्बाधिक ६७ तथा आष्टन टर्नरले ४९ रनको योगदान दिए ।
वेष्टइन्डिजका लागि हेडन वाल्शले सर्बाधिक पाँच तथा अकैल होसैन र अल्जारी जोसेफले दुई दुई विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?