logo
२०८१ मंसिर ९ आईतवार



एकै खेलमा भारतका पाँच जना क्रिकेटरले ‘डेब्यु’ गर्दै

क्रिकेट |
खेलकुद |


एकै खेलमा भारतका पाँच जना क्रिकेटरले ‘डेब्यु’ गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । अन्तर्राष्ट्रिय एकदिबसीयको एउटै खेलमा भारतका पाँच जना ब्याट्सम्यानले एकैसाथ ‘डेब्यु’ गर्ने भएका छन् । श्रीलङ्का बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंलाको तेस्रो तथा अन्तिम खेलमा भारतीय टोलि ब्यवस्थापनले पाँच जनालाई अन्तर्राष्ट्रिय एकदिबसीयमा पर्दापणको अबसर दिन लागेको हो ।
भारतले पहिलो दुबै एकदिबसीय खेल जितेर श्रृखंला आफ्नो पक्षमा पारिसकेकोले पनि यसप्रकारको जोखिमपूर्ण चुनौती लिन थालेको बताइएको छ । भारतका लागि नितिश राना, के गौतम, राहुल चाहर, सञ्जु सामसन र चेतन साकरियाले अन्तर्राष्ट्रिय एकदिबसीयमा डेब्यु गर्न लाग्नुभएको हो । इशान किशनलाई विकेटकीपर ब्याट्सम्यान सञ्जु सामसनले बिस्थापित गर्नुभएको छ । भुवनेश्वर कुमार खेल्नुहुने छैन् । उहाँको स्थानमा नवदीप सैनीलाई ल्याइएको छ ।
भारतको पहिलो रोजाइको क्रिकेट टोलि हाल इंग्ल्याण्ड भ्रमणमा रहेको छ । इंग्ल्याण्ड बिरुद्धको टेष्ट श्रृखंला खेल्न उक्त टोलि इंग्ल्याण्ड भ्रमणमा रहँदा शिखर धवनको नेतृत्वमा दोस्रो रोजाईको टोलि हाल श्रीलङ्का बिरुद्ध एकदिबसीय श्रृखंला खेल्दैछ । मुख्य प्रशिक्षक रबि शास्त्री पहिलो रोजाईको टोलिसँगै इंग्ल्याण्डमा रहँदा एकदिबसीय टोलिको प्रशिक्षकको जिम्मेवारीमा हाल राहुल द्रबिड रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?