logo
२०८१ मंसिर ९ आईतवार



टसपछि अष्ट्रेलिया र वेष्टइन्डिजबीचको दोस्रो एकदिवसीय स्थगित

क्रिकेट |
खेलकुद |


टसपछि अष्ट्रेलिया र वेष्टइन्डिजबीचको दोस्रो एकदिवसीय स्थगित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । अष्ट्रेलिया र वेष्टइन्डिजबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल स्थगित भएको छ । टोलीसँग सम्बद्ध एक जना ब्यक्तिमा कोभिड १९ सङ्क्रमणको पुष्टि भएपछि खेल स्थगित गरिएको वेष्टइन्डिज क्रिकेट बोर्डले जनाएको छ ।
वेष्टइन्डिजको बारबाडोसस्थित केन्सिङटन ओभलमा बिहीबार अबेर टस भइसकेपछि मात्रै कोभिड १९ सङ्क्रमितको पुष्टि हुँदा खेल स्थगित हुन पुग्यो । वेष्टइन्डिज क्रिकेट बोर्डले दोस्रो एकदिवसीय खेल कहिले हुनेबारे छिट्टै निर्णय हुने बताएको छ ।
आईसीसीको कोभिड १९ सम्बन्धी मापदण्डले खेल सकिएपछि सबै खेलाडी तथा खेल अधिकारी होटेलस्थित आ आफ्नो कोठामा जाने र नमूना परीक्षण गराउने निर्धारण गरेको छ । यद्यपि सामान्य त्रुटिले खेल अधिकारी वा खेलसँग सम्बद्ध ब्यक्ति सङ्क्रमित हुँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?