logo
२०८१ मंसिर ९ आईतवार



क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता डिश होमले प्रसारण गर्ने

क्रिकेट |
खेलकुद |


क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता डिश होमले प्रसारण गर्ने
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । नेपाल क्रिकेट संघले आयोजना गर्ने घरेलु क्रिकेट प्रतियोगिताको प्रसारण अधिकार डिश होमले पाएको छ । नेपाल क्रिकेट संघ(क्यान) र डिश होमबीच उक्त प्रसारण अधिकार सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।
क्यानका अनुसार कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मीडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रसारण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले नेपालमा क्रिकेट गतिबिधि बढाउन तथा क्रिकेटप्रतिको आकर्षणलाई थप मजबूत बनाउन सम्झौताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । 
डिश होमले संघले आयोजना गर्ने १५ वटा घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ । “सम्झौतामा म्याद उल्लेख छैन्, तर डिश होमले १५ वटा प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नुपर्नेछ ।”– कोषाध्यक्ष सिंहले बताउनुभयो ।
डिश मीडिया नेटवर्क अन्र्तगतको खेलकूद च्यानल एक्सन स्पोर्ट्सले यसअघि समेत क्यानको घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको थियो । एक्सन स्पोर्ट्सले यसअघि प्रधानमन्त्री कप र मेयर्स कपको महिला र पुरुष दुबै प्रतियोगिता प्रसारण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?