logo
२०८१ मंसिर ९ आईतवार



तेस्रो एकदिबसीय खेलमा श्रीलङ्काले भारतलाई हरायो

क्रिकेट |
खेलकुद |


तेस्रो एकदिबसीय खेलमा श्रीलङ्काले भारतलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ९ गते । श्रीलङ्काले तेस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा भारतलाई तीन विकेटले हराएको छ । सन् २०२१ मा श्रीलङ्काको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा यो दोस्रो जित हो । तीन खेलको एकदिबसीय श्रृखंला भारतले तेस्रो खेल अघि नै २–० ले जितिसकेको छ । एक खेल अगाबै श्रृखंला जितेको भारतले तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा पाँच जना नयाँ अनुहारलाई अबसर दिएको थियो ।
भारतले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले ३९ ओभरमा सात विकेटको क्षतिमा २२७ रन बनाएर पुरा गर्यो । वर्षाले पटक पटक अबरुद्ध खेल ४७ ओभरमा छोट्याइएको थियो । ३५ रनमै मिनोद भानुकाको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेको श्रीलङ्काका लागि अर्का ओपनर अभिष्का फर्नान्डोले भानुका राजापाक्षेसँग १०९ रनको साझेदारी गर्नुभयो । फर्नान्डोले ७६ तथा भानुका राजापाक्षेले ६५ रनको पारी खेल्नुभयो ।
भारतका लागि चेतन साकरियाले दुई तथा राहुल चाहरले तीन विकेट लिनुभयो । कृष्णप्पा गौथम र हार्दिक पाण्ड्याले एक एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले मात्र ४३.१ ओभर खेल्दा २२५ रनमा समेटिन पुग्यो । भारतका लागि ओपनर पृथ्वी शाले सर्बाधिक ४९ तथा सञ्जु सैम्सनले ४६ रनको योगदान दिनुभयो । सूर्यकुमार यादबले ४० रनको योगदान दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?