logo
२०८१ मंसिर ९ आईतवार



पाकिस्तान सुपर लिग आगामी जनवरीमा हुने

क्रिकेट |
खेलकुद |


पाकिस्तान सुपर लिग आगामी जनवरीमा हुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ९ गते । पाकिस्तान सुपर लिग(पीएसएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी जनवरी फेब्रुअरीमा हुने भएको छ । लिगमा सहभागी हुने छ वटै फ्रेञ्चाइजसँगको छलफलपछि सन् २०२२ को जनवरी र फेब्रुअरीमा पीएसएल आयोजना गर्ने निर्णय भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । लिग भने अब पाकिस्तानमै आयोजना गरिनेछ । पाकिस्तानमा कोभिड १९ को महामारीले सम्भब नभएपछि सन् २०२१ को संस्करण यूनाईटेड अरब एमिरेट्समा गत् जुन महिनामा सम्पन्न भएको थियो ।
जनवरी पहिलो साता सुरु भई फेब्रुअरी तेस्रो साता सकिने गरी तालिका तयारी गरिएको जनाइएको छ । गत् मार्च महिनामा पाकिस्तानमा सुरु भएको लिगको सातौं संस्करणमा एकपछि अर्को खेलाडी सङ्क्रमित हुन थाल्दा रोकिएको थियो ।
पाकिस्तान क्रिकेट बोर्डले आगामी संस्करण अब लाहौर र कराँची गरी दुई स्थलमा आयोजना गर्ने पीसीबीले निर्णय गरेको हो । पीएसएल फेब्रुअरी र मार्च महिनामा हुँदै आएको छ । तर पाकिस्तानले मार्चमा अष्ट्रेलियाले घरेलु श्रृखंलाका लागि आमन्त्रण गर्ने तयारी गरेकोले समेत पीएसएल त्यसअघि नै सकिने गरी खेलाउने तयारी गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?