logo
२०८१ मंसिर ९ आईतवार



दक्षिण अफ्रिकाले आयरल्याण्ड विरुद्धको शृङ्खला जित्यो

क्रिकेट |
खेलकुद |


दक्षिण अफ्रिकाले आयरल्याण्ड विरुद्धको शृङ्खला जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १० गते । दक्षिण अफ्रिकाले आयरल्याण्ड विरुद्धको तीन खेलको टी ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । पहिलो दुई टी ट्वान्टी खेल जितेर शृङ्खला हात पारेको दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा समेत आयरल्याण्डलाई ४९ रनको विशाल अन्तरले हरायो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउँदै आयरल्याण्डले नौ बिकेटको क्षतिमा १४० रनको योगफल मात्र तयार गर्न सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनले सर्वाधिक २७ तथा क्रैग योङ्गले २२ रनको योगदान दिनुभयो ।
दक्षिण अफ्रिकी बलरहरुमा जर्ज लिन्डे, लिजाद विलियम्स र वेयान मल्डरले सामान दुई दुई तथा एन्डाइल फेहलुक्वायोले सामान एक विकेट लिनुभयो ।
त्यसअघि, बेल्फास्टमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेलेर दुई विकेटको क्षतिमा १८९ रनको सम्मानजनक योगफल तयार गरेको थियो । ओपनरद्वय टेम्बा बभुमाले ७२ तथा रीजा हेण्ड्रीक्सले ६९ रनको ब्यक्तिगत पारी खेलेर अफ्रिकी पारीलाई विशाल योगफलतर्फ डोर्याउनुभयो । दुबै जनाले १२७ रनको साझेदारी गर्नुभयो । देविड मिलरले अविजित ३६ तथा हेनरिक क्लास्सैनले सात रन बनाएर अविजित रहनुभयो ।
आयरिश बलरहरुमा सिम्मी सिंह र बैरी म्याक्कैर्थीले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?