logo
२०८१ मंसिर ९ आईतवार



पहिलो टी ट्वान्टीमा भारतले श्रीलङ्कालाई हरायो

क्रिकेट |
खेलकुद |


पहिलो टी ट्वान्टीमा भारतले श्रीलङ्कालाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । भारतले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा श्रीलङ्कालाई ३८ रनले हराएको छ । जितसँगै भारतले तीन खेलको टी ट्वान्टी शृङ्खलामा १–० को अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले १८ ओभर ३ बलमा मात्र १२६ रन जोडन सक्यो । श्रीलङ्काको पारीमा चरिथ असालङ्काले बनाउनुभएको ४४ रन नै सर्बाधिक ब्यक्तिगत योगफल रहन गयो । श्रीलङ्काली ब्याटिङ्ग क्रमका सात जना ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन् ।
भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिनुभयो । दीपक चाहरले दुई तथा क्रूनाल पाण्डया, बरुण चक्रवर्ती, युज्वेन्द्र चाहल र हार्दिक पाण्डयाले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १६४ रनको योगफल तयार गर्यो । भारतलाई औसत योगफलसम्म पुर्याउन मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवले सर्वाधिक ५० रनको पारी खेल्नुभयो । कप्तान शिखर धवनले ४६ रन बनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?